१२ आश्विन २०८०, शुक्रवार

गणेशमान सिंहहरुको योगदान कै कारण लोकतन्त्र स्थापना सम्भव भएको हो : अर्थमन्त्री महत

२०८०,आश्विन,२,मंगलवार १७:०८

90
Shares

भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले गणेशमान सिंह जस्ता व्यक्तित्वहरुको योगदानले देशमा लोकतान्त्रिक संविधान स्थापना सम्भव भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिमा अनावरण समारोहमा उनले देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनिय भएको भन्दै आउने पिढीले पनि त्यसलाई प्रेरणाको रुपमा लिनु पर्ने बताए ।

उनले भने, ‘यो देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनीय छ । अनेक चुनौतीहरु भोग्दै हामीले समावेशि लोकतान्त्रिक संविधान स्थापित गरेका छौँ । त्यो गणेशमान सिंह जस्तो व्यक्तित्वहरुको योगदानले सम्भव भएको हो । उहाँहरुबाट प्रेरणा लिएर अगाडि बढ्नु पर्छ र आउने पिढीलाई पनि त्यो योगदानलाई नभुल्न र सिंहले दिएको सन्देशलाई जान्न र बुझ्न प्रेरित गरिराख्नु पर्छ ।’

यस्तै, उनले केन्द्र, स्थानिय र प्रदेश सरकारको सहभागितामा पार्क निमार्णको काम पूरा गर्न सकिन्छ भन्ने विश्वसा पनि व्यक्त गरेका छन् ।

समग्र सरकारको तर्फबाट सुशासन, लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न र सिंहले देखाएको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहको पनि उनको भनाई छ ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७