१२ आश्विन २०८०, शुक्रवार

ओनसरीको सम्झनामा सुवासः ‘कहिल्यै पदीय दायित्व र मर्यादा भुल्नुभएन’

२०८०,आश्विन,२,मंगलवार १६:५८

45
Shares

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई आफ्नो पदीय दायित्व र मर्यादालाई कहिल्यै नबिर्सने व्यक्तिका रुपमा सम्झिएकी छन् ।

मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा घर्तीले नेम्वाङसँग आफूले सँगै संविधान निर्माणको समयमा सहकार्य गरेको सुनाउँदै उनको स्मरण गरेकी हुन् ।

‘उहाँले आफू पदीय मर्यादामा रहँदा आफ्नो मर्यादा कहिल्यै भुल्नुभएन । संविधान सभाका ती दिनहरुका अप्ठ्यारा, हामी सबै जानकार छौं, तर उहाँले जहिल्यै पनि आफ्नो दायित्व र मर्यादालाई भुल्नुभएन । सधैं सहकार्य, सहमति, राष्ट्रिय एकताको कुरालाई उठाउनुभयो र संविधान जारी गराउनुभयो’ उनले भनिन्, ‘म सम्मानपूर्वक भन्न चाहन्छु, उहाँ संविधान सभाको आफ्नो कार्यकाल निर्वाह गर्नमा सफल अध्यक्ष हुनुहुन्छ ।’

इतिहासले नै नेम्वाङलाई संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जिम्मेवारी सुम्पेको र त्यसलाई उनले पूरा गरेको घर्तीले बताइन् ।

घर्तीले भनिन्, ‘आज हामीले संसदको लागि एक अभिभावक गुमाएका छौं । संसद चलाउनको लागि आजको संकटहरुलाई सजिलै सहजीकरण गर्नको लागि संसदले त अभिभावक नै गुमाएको भन्छु म । एक समन्वयकारी, सरल, सबैले मन पराउने असल नेता देशले गुमाएको छ ।’

संविधान सभाका अध्यक्ष नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५