१२ आश्विन २०८०, शुक्रवार

संविधान संशोधनको लागि हतारो गर्नु पर्दैन : केपी ओली

२०८०,आश्विन,२,मंगलवार १६:५४

63
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।

हतारमा भन्दा केही समय लिएर एकै चोटि संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटा हिसावले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृतिहरु देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरु देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाँहि विर्सन हुदैन । त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’

दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरु नरहेको ओलीको भनाई छ ।

‘तत्कालिन आवश्यकतालाई हेरेर हामीले दुइचोटी एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्र्यौँ । अब संविधान संशोधन गर्दा हामीले अलि मेहनत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरु जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७