काठमाडौं । सेना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवसायिक क्षमता पृद्धि गर्न सरकारले आवश्यक पहल गर्ने बताए ।
सोमवार शुभकामना सन्देश दिँदै प्रधनमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी बहन गरिरहेको नेपाली सेना सरकारको महत्वपूर्ण अंग रहेको बताएका हुन् ।
‘यो राष्ट्रिय लक्ष्य हासिल गर्न सेना उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु’ प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा लेखिएको छ ।
प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख छ ।
‘नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पु–याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ, सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यसैगरी मुलुकमा हुने प्राकृतिक विपत्तिको समायमा उच्च हौसला, जोश र सेवा भावका साथ उद्दार कार्यम खटिने सैनिकलाई प्रधानमन्त्रीले धन्यावाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया