१२ आश्विन २०८०, शुक्रवार

ओलीको सम्झनामा नेम्वाङ : निष्ठाको राजनीति गर्ने देशभक्त नेता

२०८०,आश्विन,२,मंगलवार १६:०५

63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् ।

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा ओलीले सुवासलाई आत्मकेन्द्रीत नभएर देश र जनता र उनीहरुको भलाइलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्ने देशभक्त नेताको रुपमा स्मरण गरे ।

ओलीले नेम्वाङको पाँच दशकभन्दा बढी सक्रिय राजनीतिबारे चर्चा गर्दै भने, ‘उहाँको निष्ठा र देशकेन्द्रीत, जनकेन्द्रीत र न्यायकेन्द्रीत राजनीतिबाट हामीले बढी सिक्नुपर्छ । उहाँ मिठो बोल्नुहुन्थ्यो त्यो राम्रो कुरा हो । मिठो बोल्ने मान्छे पनि बेइमान भैदियो भने रु तर, उहाँ बेइमान हुनुहुन्नथ्यो । मिठो बोल्ने भन्दा ठूलो कुराचाहिँ उहाँको देशप्रति असाधारण निष्ठा थियो । देशभक्त हुनुहुन्थ्यो उहाँ । कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदमहरु चाल्दै चाल्नभएन । त्यस्ता कदमबाट जहिल्यै अलग रहनुभयो । देशको हितमा उहाँ अडिग रहनुभयो ।’

ओलीले स्वर्गीय सुवासप्रति आफ्नो मनैबाट सम्मान र आदरभाव उर्लिएर आउने एक नेताको रुपमा स्मरण गरे ।

‘औपचारिक रुपमा मान्छेको सामान्यतया प्रशंसा गर्ने चलन हुन्छ । तर, सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्तित्व हो, जसलाई मनैदेखि प्रशंसा र आदरभाव पलाएर आउँछ, उर्लिएर आउँछ । उहाँप्रति सम्मान गरुँ भन्ने भाव उर्लिएर आउँछ । आधारभूत गुणहरुमा कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो सुवास’ ओलीले भने ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८