१२ आश्विन २०८०, शुक्रवार

संविधान निर्माणमा नेम्वाङको भूमिका उच्च प्रशंसायोग्य : झलनाथ खनाल

२०८०,आश्विन,२,मंगलवार १६:०३

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधान बनाउने प्रक्रियामा भएको सहमतिमा अध्यक्षको हैसियतले सुवास नेम्वाङको भूमिका उच्च प्रशंसा गर्न योग्य भएको बताएका छन् ।

संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान बनाउने प्रक्रियामा भएको सहमति असाधारण सहमति भएको भन्दै त्यसमा सहजीकरण गर्न नेम्वाङको ठूलो भूमिका रहेको बताए ।

खनालले भने, ‘संविधान बनाउने प्रक्रियामा जुन प्रकारको एउटा सहमति हामीले निर्माण गर्न सक्यौं त्यो असाधारण सहमतिको कुरा हो । त्यो सहमति निर्माण गर्ने कुरामा त्यसको अध्यक्षको हैसियतले सुवास नेम्वाङले खेल्नुभएको भूमिकाको हामीले उच्च प्रशंसा गर्नुपर्छ ।’

यस्तै, उनले संविधान बनाउने बेलामा धेरै सचेत भए पनि पछिल्ला दिनमा कार्यान्वयन गर्न त्यति सचेत नभएको भन्दै त्यसका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी संविधान बनाउन जति सचेत थियौं, यसलाई कार्यान्वयन गर्न त्यति सचेत छैनौँ । जनतालाई संविधानको बारेमा प्रशिक्षित गर्ने कुरामा देशको नेतृत्व पछाडि छ । संविधान राम्रो बनाएर मात्रै हुँदैन त्यसलाई कार्यान्वयन गर्नको लागि पनि कामहरु अगाडि बढाउनु पर्छ ।’

उनले नेम्वाङ् एकदम उदार व्यक्ति भएको भन्दै तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी उदारता पनि देखाएको टिप्पणी गरे ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १६:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८