काठमाडौं । नेपाल प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरज गुरुङ,अनवर हुसेन अन्सारी र भारतीय नागरिक शक्ति भौमिक र सचिन गाड्वे रहेका छन् ।
गत भदौ २५ गते गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सिक्री लुटेका थिए ।
पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ । पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।