२१ मङ्सिर २०८०, बिहीवार

यस्तो छ सासुको प्यारी बुहारी बन्ने ९ तरिका

२०७४,कार्तिक,९,बिहीवार १४:४८

0
Shares

काठमाडौँ- परम्परागत नेपाली समाजमा सासु बुहारीको मेल खासै पाइँदैन । कुरा काट्ने प्रवृत्ति तथा एकले अर्कोको अस्तित्व नस्विकार्ने प्रवृत्तिका कारण पनि महिलाहरुका लागि लोग्ने बाहेकका कर्मघरका सदस्यहरु उतिसारो प्रिय लाग्दैनन् । तर सुखी घरका लागि सासु-बुहारी, ससुरा-बुहारी तथा नन्द-भाउजु सबैको मिलेमतो आवश्यक हुन्छ । यसका लागि परिवारका अन्य सदस्यले जस्तै बुहारी बनेर भित्रिने महिलाले पनि केही कुरा ध्यानमा राख्नैपर्छ । यी कुराको परिपालना गर्नेहो भने कर्मघरमा बुहारीको हाइहाइ हुन्छ :१.संवेदनशीलता : पाको उमेर तथा अनुभवले खारिएका सासु आमाहरुले जिवनमा धेरै हन्डर ठक्कर खाएका हुन्छन् । आफुले हुर्काएको छोराको जिवनमा कोही महिला आएको छ र छोराको माया आमाबाट अर्कै महिलामा सरेको कुरा उनीहरुले सहजै स्विकारेका हुन्छन् । अझ श्रीमान गुमाइसकेका सासु आमाहरुको भर भनेकै छोरा बुहारीमा हुन्छ । यस्तो अवस्थामा सासुले बोल्ने कुराहरु तथा पोख्ने पीडा र गर्ने आग्रहप्रति संवेदनशीलता अपनाउनुपर्छ २.सकारात्मक दृष्टिकोण : सासु पुरानो जमानाकी हुने भएकाले उहाँको सोँचाइ पनि सोही अनुरुपको हुन सक्छ । त्यसैले उहाँको सोँचाइलाई पनि अन्तस्करण गरी स्वभाविक र सकारात्मक ढंगले ग्रहण गरी सोही अनुसार प्रस्तुत हुनुपर्छ ३ .समानता : आफुलाई जन्म दिने आमा र आफ्नो सासुआमालाई एकै ठाउँमा राखेर हेर्नुहोस् । आमालाई बढि माया गर्ने र सासुलाई हेला गर्ने वा वास्ता नगर्ने भुल नगर्नुहोस्  ४. सम्मान : सासु आमालाई सम्मान गर्नुहोस्, पाको र बुद्धिमान सम्भिmनुहोस् । सासुआमासँग राम्ररी कुरा गर्ने, विगतका अनुभव सुन्ने तथा उपदेश मान्ने गर्नुहोस् ५. बढि महत्वाकांक्षा नराख्नुहोस्, सधै आशावादी रहनुहोस् ६.सासु आमाको इच्छा तथा आवश्यकताप्रति चनाखो हुनुहोस् र पूरा गर्ने तत्परता देखाउनुहोस् ७.सासुआमासँग सबै कुरा खुलस्त गर्नुहोस् । परिवारमा हुन लागेका नयाँ कुरा, कामका विषयमा कुरा नलुकाउनुहोस्  ८ .सासुआमालाई बच्चाबच्चीको स्याहार गर्ने पर्याप्त मौका दिनुहोस् ९ .सासुआमाबाट सल्लाह सुझाव लिएर काम गर्ने बानी बसाल्नुहोस्  

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् । नेपालीहरुको महान् चाडमध्ये भाइटीका पनि एक हो ।

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६