१२ आश्विन २०८०, शुक्रवार

नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : निलाम्बर आचार्य

२०८०,आश्विन,२,मंगलवार १४:४४

63
Shares

काठमाडौं । भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन् ।

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रुचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताए ।

उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजीलाई सम्झन्छौं । नेपालको संविधानमा सुवासजि बाँचिरहनुहुनेछ । त्यतिमात्रै होइन नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनुहुनेछ ।’

पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवास जस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे ।

 

 

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७