१२ आश्विन २०८०, शुक्रवार

सुवासको अभाव खड्किरहेको छ : महासचिव पोखरेल

२०८०,आश्विन,२,मंगलवार १४:३१

72
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रिय राजनीतिमा उनको अभाव खड्किएको बताएका छन् ।

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा पोखरेलले उनलाई संविधान र कानूनको विषयमा सबै राजनीतिक दलका लागि नेम्वाङ सल्लाहाकारका रूपमा रहेको भन्दै स्मरण गरे ।

पोखरेलले भने, ‘नेपालको संविधान र कानूनको मामिलामा उहाँ सबै राजनीतिक दलका लागि सल्लाहकारका रूपमा सदैब रहनुभयो । जतिबेला कानूनी र संबैधानिक प्रश्नहरू अगाडि आउँछन् सबैले सुवास नेम्वाङ के भन्नुहुन्छ भन्ने कुराको खोजि गर्ने एक जना व्यक्तिका रूपमा उहाँले आफूलाई स्थापित गर्न सफल रहनुभयो ।’

उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको नेम्वाङको निधनले उनको अभाव राष्ट्रिय राजनीतिमा खड्किएको पोखरेलको भनाइ छ ।

‘नेपाल राष्ट्रिय राजनीतिको जुन प्रकारको सङ्क्रमणबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा सुवासचन्द्र नेम्वाङको अभाव हामी सबैलाई खड्किरहेको छ । आज संविधानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौं,’ पोखरेलले भने ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १४:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८