१२ आश्विन २०८०, शुक्रवार

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू ध्यान जानुपर्छ : कार्यवाहक प्रधानमन्त्री

२०८०,आश्विन,२,मंगलवार १४:२३

45
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूको विशेष ध्यान जानुपर्ने बताएका छन् । उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा कावा प्रधानमन्त्री खड्काले गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्ने बताए ।

उनले भने, ‘व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिँदै आएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै अवसर प्रदान गर्न सकिन्छ । यसका लागि हामीले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तालिम र सिप विकास गरेका छौं । शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेस्ट पहल हुनुपर्छ ।’

उनले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न मेडिकल कललेजहरूको अहम भूमिका रहने भएकाले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

शिक्षा क्षेत्रको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले निजी क्षेत्रको प्रवद्र्धनका लागि सरकारले अगाडि बढाएको विद्यालय शिक्षासम्बन्धी विद्येयक संसद्मा दर्ता भईसकेको जानकारी दिए ।

 

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १४:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८