१२ आश्विन २०८०, शुक्रवार

भाषणमा दुःख व्यक्त गरेरमात्र प्रतिभा पलायन रोक्न सकिँदैन : शिक्षामन्त्री राई

२०८०,आश्विन,२,मंगलवार १४:००

54
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न नसकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोहको कार्यक्रममा उनले युवालाई राज्यले यथोचित सम्मान पनि दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने अनि पलायन रोकौं मात्र भनेर नहुने तर्क गरे ।

उनले भने, ‘हामी प्रतिभाहरू पलायन भए भन्छौं । हामीले उनीहरूलाई यथोचित सम्मान दिन नसक्नें, यथोचित वातावरण पनि दिन नसक्ने हो भने स्वभाविक रूपमा ‘ब्रेन ड्रेन’ भइहाल्छ । खाली भाषणमा दुःख व्यक्त गरेर मात्र रोकिँदैन ।’

प्रतिभालाई स्वदेशमै राख्न सबै सरोकारवाला अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा आएका सकारात्मक प्रगतिलाई अझै बढाएर लानुपर्ने बताए ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७