१२ आश्विन २०८०, शुक्रवार

बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन

२०८०,आश्विन,२,मंगलवार १३:२६

0
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ ।

बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा संचालन गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमा सर्भेयरको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका हुन । अध्यक्ष सिलवालले प्राधिकरणबाट संचालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट संचालित परीक्षामा भागलिन प्राधिकणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएकासर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज संचालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सब्मिट गरेका थिए । सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ ।

अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममानेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने भएको छ । हाल रोजगारी, अध्ययन एवं

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र

काठमाडौं । सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८