१२ आश्विन २०८०, शुक्रवार

शेखर समूहको बैठकमा विश्व–प्रदीप नजाने

२०८०,आश्विन,२,मंगलवार १३:११

45
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको बैठक आज बस्दैछ । डा. शेखर कोइरालाले दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा बोलाएका हुन् ।

उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई बोलाइएको थियो । तर आजको बैठकमा नजाने महामन्त्री शर्मा जनाने बताएका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेख्दै घुमाउरो पाराले बैठकमा सहभागि नहुने बताए ।

आफू महामन्त्री भएको नाताले संयोजन गर्नुपर्ने र सम्पादन गर्नुपर्ने जरुरी विषयमा सजग रहेको बताए ।

‘दलहरुमा फरक विचार र विचार समुह हुनु स्वभाविक हो । कांग्रेसमा पनि छ ÷ छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ ! तर अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छु÷रहनेछु ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य पौडेल पनि उक्त बैठकमा नजाने बताएका छन् । उनी निकट स्रोतका अनुसार आजको बैठकमा नजाने भएका हुन् ।

‘बैठकको लागि निमन्त्रणा आएको थियो । तर व्यस्तताको कारण उपस्थित हुन नसक्ने जानकारी आएको छ ।’ उनी निकट स्रोत भन्यो ।

महामन्त्री शर्मा १४औँ महाधिवेशन अघि सभापति शेरबहादुर देउवा निकट रहेका थिए । तर १४औँ महाधिवेशनमा महामन्त्री लडेका उनी प्रकाशमान सिंहको समूहबाट महामन्त्री बनेका थिए ।

कुनै समूहरुमा पनि नरहेका शर्माको अर्का महामन्त्री गगनकुमार थापासँगको निटकताको कारण सोही समूहको होकी भन्ने मूूल्यांकन समेत हुने गरेको छ । यता सिटौला समूहका पौडेल गत महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका थिए । महामन्त्रीमा पराजित भएका पौडेलले कांग्रेसको संसदीय दलको निर्वाचनमा भने महामन्त्री थापालाई सहयोग गरेका थिए ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १३:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८