१२ आश्विन २०८०, शुक्रवार

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

२०८०,आश्विन,२,मंगलवार १२:११

54
Shares

ललितपुर । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवाहरु बढेर श्रीमहल नै ढाक्न थालेका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरुका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो । त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो । भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ ।

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो । तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो । आफैँ निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ ।

स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । उनले भने, “श्रीमहल पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ । श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ ।”

हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन् । भवन भूतबङ्गला जस्तै भएको छ । श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन् ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५