१२ आश्विन २०८०, शुक्रवार

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

२०८०,आश्विन,२,मंगलवार ११:३५

72
Shares

वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।

सोमबार सम्पन्न सो भेटका अवसरमा उनीबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।

यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गरेका छन् । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा. इभिका डासिसबीच भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग भेट गरेका छन् ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार ११:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७