१२ आश्विन २०८०, शुक्रवार

१९औं एसियाड पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै

२०८०,आश्विन,२,मंगलवार ११:१९

126
Shares

काठमाडौं । आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ भने, समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा र नयाँ खेलाडीहरु धेरै छन् भने,मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ रहेका छन् ।

समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन । पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

 

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै

काठमाडौं । नेपाली फुटबल टिमका स्टार बिमल घर्तिमगर विदेश पलायन भएका छन् । उज्जवल भविष्यको खोजीमा बिमल अष्ट्रेलिया पलायन भएका

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा

काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७