१३ आश्विन २०८०, शनिवार

स्वर्गीय रिजालको १३औँ दिनको पुण्यतिथिमा मंगलबार श्रद्धाञ्जलीसभा हुँदै

२०८०,आश्विन,१,सोमवार १७:३१

441
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष एवं काठमाडौं नेपाली कांग्रेस क्षेत्र नं ७ का सभापति स्वर्गीय मुकुन्द रिजालको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा हुने भएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को आयोजनामा मंगलबार राष्ट्रिय सभागृहमा १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा हुन लागेको हो ।

सभापति शेरबहादुर देउवाको समुपस्थितीमा दिउँसो २ः३० बजे श्रद्धाञ्जली सभा हुने जनाइएको छ ।

२०२७ साल कार्तिक १९ गते जन्मिएका नेता रिजालको २०८० साल भदौ २१ गते उपचारको क्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालमा भएको थियो ।

उक्त श्रद्धाञ्जली सभामा उपस्थित हुन नेपाली कांग्रेस क्षेत्र नं ७ ले आग्रह गरेको छ । यसैगरी मंगलबार नै काठमाडौं महानगरपालिकाले बिहान ९ बजे श्रद्धाञ्जली सभा गर्न लागेको छ ।

हक्की स्वभावका नेता रिजाल २०७४ सालमा पनि काठमाडौं महानगर–१६ बाट वडाध्यक्ष निर्वाचित भएका थिए । भने पार्टीको औँ महाधिवेशन र १४औँ महाधिवेशनबाट क्षेत्रीय सभापति बनेको थिए । राजनीतिमा सम्भावना बोकेका नेता रिजालको निधनले नेपाली कांग्रेस क्षेत्र नं ७ र समग्र कांग्रेसमा अपूर्ण क्षती पुगेको स्मरण गरिएको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१,सोमवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०