१३ आश्विन २०८०, शनिवार

मंगलम इण्डष्ट्रिज र लायन्स भैरहवा लिगेसीद्वारा विद्यालयमा वृक्षारोपण

२०८०,आश्विन,१,सोमवार १७:२०

126
Shares

काठमाडौं । मंगलम इण्डष्ट्रिजलि (मंगलम पाइप) र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा भैरहवामा वृक्षारोपणर टंकी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

इण्डष्ट्रिज र क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा वृक्षारोपण गरेका हुन् । मंगलम इण्डष्ट्रिजलि.का निर्देशक सुर्दशन चुडीवालको (प्रमुख आतिथ्यता), कार्यकारी निर्देशक अभिनव चुडीवाल, महाप्रबन्धक प्रदिप शुक्ला र लायन्स भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपाध्यायको अध्यक्षताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स अगुवाहरु धिरज मल्लिक, गोविन्द प्रसाद गिरी, अरुण कुमार मिश्रा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवलगायतले विद्यालयलाई हराभरा बनाउन वृक्षारोपण कार्यक्रमले सहयोग पुर्याउने बताए ।

कार्यक्रममा विद्यालयलाई पानी टंकी पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रम संयोजक तथा लायन्स भैरहवा लिगेसीका प्रथम उपाध्यक्ष राजन शुक्लाको स्वागत, मंगलम इण्डष्ट्रिज प्रा.लि.का महाप्रबन्धक प्रदिप शुक्लाको धन्यवाद ज्ञापन तथा लायन्स भैरहवा लिगेसीका सह–सचिव गोविन्द उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०८०,आश्विन,१,सोमवार १७:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रे । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास

धादिङ । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई

काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०