१३ आश्विन २०८०, शनिवार

५७ खर्ब नाघ्यो बैंकिङ क्षेत्रको कुल निक्षेप

२०८०,आश्विन,१,सोमवार १७:०६

72
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५७ खर्ब रुपैंयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अधावधिक गरेको बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी पछिल्लो प्रतिवेदन अनुसार यही भदौ २८ गते बिहिबारसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाले ५७ खर्ब १६ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेका हुन ।

राष्ट्र बैंकका अनुसार यो निक्षेप मध्येमा बाँणिज्य बैंकहरुको मात्र कुल निक्षेप ५० खर्ब ३८ अर्ब रुपैंयाँ पुगेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल निक्षेप छ खर्ब ७७ अर्ब रुपैंयाँ पुगेको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४९ खर्ब रुपैंयाँ पुगेको छ । जसमध्ये बाँणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ४३ खर्ब ३९ अर्ब र बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ६१ अर्ब रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने यस अवधिमा ८२ दशमलव ६९ प्रतिशत पुगेको छ । यस अवधिमा अल्पकालीन अवधिको अन्तर बैंक कारोबारको औषत व्याजदर भने चार दशमलव ९३ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१,सोमवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै उत्साहप्रद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लाग्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०