हामी सबै अतिवादी सोचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना

लोकपथ
0
Shares

काठमाडाैं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधै सबैखालका अतिबादको बिरुद्धमा रहेको धारणा व्यक्त गरेका छन् ।

मुस्लिम आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रर्बद्धनमा यसको भूमिका’ बिषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिवादको विरुद्ध र शान्तिको पक्षमा रहेको बताए । ‘मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन’, उनले भने ‘मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र बिश्वकै लागि कंलक शिवाय केही होइनन ।’

अध्यक्ष तिमिल्सिनाले हामी सबै बिभिन्न खाले अतिवादी सोचबाट बच्न आवश्यक रहेको बताए । ‘मानव मानवकाबीचमा विभेद गर भनेर कुनै पनि धर्मले भन्दैन’ उनले भने । सबै धर्मको अर्थ विभेद होइन । नेपालको नयाँ संविधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले विभेद नगरेपनि यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनले बताए । नयाँ शिक्षा ऐनले पछाडी पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने बिषयलाई सहज बनाउने बिश्वास व्यक्त गरे । अर्को प्रसंगमा उनले मुलुकमा रहेका सम्बैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका बिषयमा दश दश बर्षमा पूनरावलोकन गर्न आवश्यक रहेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिब डा. अवाद साब्ती अल्नाजीले सबै जनताकाबीचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिवाद र आतंकबादका विरुद्ध आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?