काठमाडौ – महत्वपूर्ण सदस्य भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय हुँदै गएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) दुई मुलुकको पछिल्लो तनावका कारण थप अन्योलमा पर्ने देखिएको छ। सन् २०१४ मा नेपालमा १८ औँ शिखर सम्मेलनपछि सन २०१६ मा पाकिस्तानको इस्लामावादमा १९ औँ सार्क शिखर सम्मेलन गर्ने तय भए पनि सन् २०१६ मा भारतको उरीमा भएको आतंकवादी हमला भएसँगै सम्मेलन अनिश्चित हुँदै आएको छ।
आतंकवादी हमलापछि भारत सहित बंगलादेश, भूटान, माल्दिप्स, श्रीलंका र अफगानिस्तानले पनि सम्मेलन बहिष्कार गरेका थिए। त्यसयता अनिश्चित हुँदै आएको शिखर सम्मेलन हालै जम्मु कश्मिरको पुलवा घटनापछि थप अन्योलमा परेको छ। फरवरी १४ मा जम्मु कश्मीरको पुलवामा आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएपछि भारत र पाकिस्तान आमनेसामनेकै स्थितिमा पुगेका छन्। भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमला र त्यसको अर्काे दिन पाकिस्तानको जवाफी हमला हुँदै भारतीय भारतीय पाइलट नियन्त्रण र भारतलाई हस्तान्तरणसम्मको चरणसम्म आइपुग्दा तनाव केही मत्थर भएको छ। तर दुई मुलुकबीचको सम्बन्ध सामान्य अनवस्थामा आउन नसकेकाले तत्कालै सार्क सक्रिय हुने अवस्था नरहेको जानकारहरू बताउँछन्। नागरिक दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया