१३ आश्विन २०८०, शनिवार

बिग्रिएको मिठाइ बेच्ने टिपटपलाई २ लाख रुपैयाँ जरिवाना

२०८०,आश्विन,१,सोमवार १४:३६

369
Shares

काठमाडौं । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो ।’

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा। अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो ।

फाटेको दुधमा दुधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो । निरीक्षण अधिकृत डा. झाले अवस्थाका विषयमा भने, ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’

झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१,सोमवार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डे को अबसर पारेर

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०