१३ आश्विन २०८०, शनिवार

नाडा अटो शो २०२३ मा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ्ग

२०८०,आश्विन,१,सोमवार १४:२४

0
Shares

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

विशेषतः सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ्ग भएको कम्पनिले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउँछन्, “नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौ । नाडा अटो शो २०२३ मा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाई दिनु भएको सम्पूर्ण ग्राहकवर्ग, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौ ।”

टाटाका गाडीहरु उत्कृष्ट विशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता, प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१,सोमवार १४:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले १५ औं संस्करणको नाडा अटो शो

दशकौंदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर देशकै आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्‍याइरहेको कर्पोरेशनको

नेपाल चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ । व्यापार तथा निकासी प्रर्वद्धन

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक गरेको छ ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०