रोकिएको बिपी साहित्य महोत्सव असोज ३ गते हुने

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी बिपी महोत्सव असोज ३ गते हुने भएको छ ।

गत भदौ २४ गतेबाट ३ दिन बीपी साहित्य महोत्सव हुने भनिए पनि रोकिएको थियो । संविधानसभा अध्यक्ष एंव पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रोकिएको थियो ।

स्थगित कार्यक्रम रोकिए पनि संविधान दिवस असोज ३ गते गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रचार विभागप्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रम बिहान १०ः३० बजेबाट साँझ ५ बजेसम्म हुनेछ ।

सो दिन बिपीका समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आध्यानमा नारी लगायत विधा रहेको छ ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?