सर्लाहीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । सर्लाहीमा डुबेर एक जनाको मृत्यु भएको छ । कोडैना गाउँपालिका-३ बस्ने चन्दन पासवानको छोरा ४ वर्षीय रितिक पासवानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

पोखरीको डिलमा खेल्ने क्रममा लड्दा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा
मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?