एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक बरामद

लोकपथ
175
Shares

काठमाडौं । सर्लाहीमा एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक बरामद गरिएको छ ।

ईश्वरपुर नगरपालिका-६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने जितन साहको घरमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको अवस्थामा हो-हल्ला गर्दा अज्ञात व्यक्ति फरार भएको र घर अगाडि बाटोमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?