विराटनगर । बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार सन्तबहादुर घरनजिकैको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए ।
घाँस काट्दा काट्दै उनी बेहोस भई रुखको हाँगाको कापमा अड्किएका थिए । त्यति बेला रुखमुनि उनकी श्रीमती फूलमाया र छोरा कुमार घाँस बटुल्दै थिए । घाँस झार्न रुख चढेका अभिभावक रुखमा अड्किएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले तामाङलाई रुखबाट निकालेको थियो । त्यबेला उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया