१३ आश्विन २०८०, शनिवार

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ४५ औं शाखा उदयपुरको रामपुरमा

२०८०,भाद्र,३१,आईतवार १६:४९

72
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ्ग पहु‘च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ उदयपुर जिल्लाको बेलका नगरपालिका बडा नं ९ अन्तर्गत रामपुर बजारमा नँया शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकका अनुसार आईतबार रामपुर शाखाको उद्घाटन प्रमुख अतिथी बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका हुन ।

आर्थिक र व्यापारिक दृष्टिकोणले तिब्र विस्तार हुदै गएको रामपुर बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात एबिबिएस, सि आस्वा, आईपिएस, कनेक्ट आईपिए, अनलाईन क्लियरिङ, क्यु आर कोड तथा स्मार्ट मोवाईल वैंकिगं भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको भिसा क्रेडिट कार्ड, रेमिटान्स सेवा लगायतका अधिकांश बैंक¨ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्व ८० करोड रुपैंयाँ रहेको छ भने निक्षेप संकलन लगभग १३ अर्व ७१ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेका बैंकले हाल झापा, इलाम, मोर¨, पॉचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने कोशी प्रदेश कार्यक्षेत्र रहेको वैंकले आगामी दिनहरुमा उक्त प्रदेशभर आफ्नो शाखा विस्तार गर्ने उदेश्यका साथ कार्य योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लि.का संस्थापक डा. रुपक प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेकोे तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा स्थानीय समाजसेवी देवनारायण चौधरी, उद्योग वाणिज्य संघ बेलका नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तीर्थ पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरे ।

सोही कार्यक्रममा रामपुर बजारको सरसफाईमा सहयोग पु¥याउने हेतुले वैंकबाट ११ थान डष्टविन र स्थानीय २५ जना सवारी चालकहरुलाई रिफ्लेक्टिभ ट्राफिक ज्याकेट उपलव्ध गराईयो । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १६:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय कीर्तिपुुरमा सञ्चालनमा आएको छ । असोज १२ गते शुक्रबार (आज) बाट

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०