१३ आश्विन २०८०, शनिवार

यस्तो छ असोज महिनाको लागि बाँणिज्य बैंकहरुले तोकेको व्यक्तिगत र संस्थागत निक्षेपको ब्याज

२०८०,भाद्र,३१,आईतवार १६:४३

252
Shares

काठमाडौं । आधा दर्जन भन्दा बढी बाँणिज्य बैंकहरुले निक्षेपको व्याज बढाएका छन् । सञ्चालनमा रहेका २० वटा मध्ये आधा दर्जन बैकहरुले असोज एक गते देखि कार्यान्वयनमा आउने गरी भदौमा कायम रहेको व्याजलाई बढाएका हुन ।

यसरी व्याज बढाउनेमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्राईम कर्मसियल बैंक, नबिल बैंक, स्टान्र्डड चार्टड बैंक र नेपाल एसिआई बैंक रहेका छन् ।

यि बैंकहरुले भदौ महिनामा कायम रहेको व्यक्तिगत तथा संस्थागत निक्षेपको व्याजलाई बढाएर असोज महिनाको लागि क्रमशः ११ दशमलव शुन्य ५४ र नौं दशमलव शुन्य ५४, ११ दशमव शुन्य ५४ र नौं दशमलव शुन्य ५४, ११ दशमलव शुन्य तीन र नौं दशमलव शुन्य तीन, ११ दशमलव ३५ र नौं दशमलव ३५, ११ दशमलव शुन्य ५४ र नौं दशमलव शुन्य ५४, नौं दशमलव २९ र छ दशमलव २९ एवं १० प्रतिशत र आठ प्रतिशत कायम गरेका छन् ।

यि बाहेकका प्रभु, एनएमबी, माछापुच्छे् र सिद्धार्थ बैंकले भने व्यक्तिगत तथा संस्थागत दुबै तर्फको व्याज भदौ महिनामा नौं कायम रहेको व्याजलाई निरन्तरता दिएको छ ।

ग्लोवल आईएमई, लक्ष्मी सनराईज बैंक, राष्ट्रिय बाँणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले भने भदौं महिनामा कायम रहेको व्याजको तुलनामा असोजमा व्याज घटाएका छन् ।

 

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय कीर्तिपुुरमा सञ्चालनमा आएको छ । असोज १२ गते शुक्रबार (आज) बाट

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०