राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागवत्ती

काठमाडौं । राजकीय सम्मानका साथ पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आज (आइतवार)अन्त्येष्टि गरिएको छ । 

शनिवार राति उपचारका क्रममा हृयाम्स अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएका अधिकारीको पार्थिव शरीरलाई उनका तीन छोरीले दागवत्ती दिएका हुन् । 

अधिकारीको अन्त्येष्टिअघि आर्यघाट पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

यसअघि नेकपा पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।

कम्युनिष्ट नेतासमेत रहेका अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?