काठमाडौं । काठमाडौंको काभ्रेस्थलीबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया