१३ आश्विन २०८०, शनिवार

सोमबार पुनः १६ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री हुने

२०८०,भाद्र,३१,आईतवार १४:४१

99
Shares

काठमाडौं । सोमबार पुुनः १६ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री हुने भएको छ । राष्ट्र बैंकका अनुुसार सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छ भने ट्रेजरीको जारी मिती २०८० असोज दुई गते तोकिएको छ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्ये ९१ दिने अवधिको नौं अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँको रहेको छ । यि ट्रेजरी बिलहरुको परिपक्व हुने मिती भने क्रमशः २०८० पुस तीन गते, २०८० चैत्र छ गते र २०८१ असोज एक गते तोकिएका छन् ।

भोलि सोमबार बिक्री गरिने ट्रेजरी बिलहरु मध्ये तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि भदौ २५ गते पनि आठ अर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १४:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै उत्साहप्रद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लाग्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०