१३ आश्विन २०८०, शनिवार

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

२०८०,भाद्र,३१,आईतवार १४:३७

81
Shares

काठमाडौं । अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा आइतबार स्वर्ण जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।

चेल्सी वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे । विजय बुढा मगर १६.५२ मिनेटमा दोश्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेश्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।

सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन् । २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोश्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेश्रो बने ।

प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुंगिएको थियो ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र

काठमाडौं । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत शनिबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०