नेपाली जनसम्पर्क समिति साउदी अरबद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति साउदी अरबले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार साउदीको अलमास रेष्टुरेन्टमा समितिले तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

समितिका सभापति अर्जुन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साउदीमा रोजगारी र व्यवसाय गर्ने सिलसिलामा पुगेका नेपालीहरु भेला भएका थिए । कार्यक्रममा विभिन्न समुदायका नेपालीहरुको सहभागिता रहेको अध्यक्ष थापाले जानकारी दिए ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गरिएको यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुका बीचमा आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध विकास हुने उनले विश्वास व्यक्त गरे । ‘हामीले विभिन्न अवसरमा यस्ता कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘तीज विशेष कार्यक्रम पनि त्यसैको निरन्तरता हो ।’

कार्यक्रममा विशेषगरी महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै, साउदीमा रहेको नेपाली राजदूतावासका प्रतिनिधिहरु पनि सहभागि थिए । राजदूतावासको तर्फबाट मञ्जु सुवेदीको उपस्थिति रहेको थियो । यसैगरी, एनआरएन र साउदीमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?