पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारले घोषणा गरेको छ । 

आइतवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो । 

शनिवार राति उपचारका क्रममा हृयाम्स अस्पतालमा ८२ वर्षीय अधिकारीको निधन भएको थियो ।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो सो क्रममा  अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । 

यसैगरी यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र पर्यटन मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णय समेत भएको नेकपा सचिवालय बैठकले गरेको छ । 

कम्युनिस्ट नेतासमेत रहेका अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत बुधवार (फागुन १५ गते) ताप्लेजुङमा हेलिकप्टर दुर्घटना परी निधन भएको थियो । 

पर्यटनमन्त्री अधिकारीको गत बुधवार (फागुन १५ गते) ताप्लेजुङमा हेलिकप्टर दुर्घटना परी निधन भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?