काठमाडौं । सुन प्रकरणविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज आइतबार मुद्दा दर्ता गर्ने भएको छ।
आज आइतबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ६० किलो ७१६ ग्राम सुन प्रकरणको मुद्दा दर्ता गर्न लागेको हो।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हालसम्म ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेका छन्। सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ।
पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्।
चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागको टालीले बरामद गरेको थियो।
हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो। विशेष सूचनाको आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक शु बरामद गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया