बाँकेमा सडक किनारमा विस्फोट, द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको आशंका

लोकपथ
210
Shares

काठमाडौं । बाँकेमा सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको हो । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

विस्फोट भएको ठाँउमा खिया लागेको तारको टुक्रा र चुनको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थान पुगेका थिए । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको प्रवक्त डाँगीले लोकपथसँग भने ।

विस्फोटपछि सडक किनारमा ठूलो खाल्डो परेको छ जसका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएको भएपनि अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?