नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगित

लोकपथ
42
Shares

काठमाडौं । नेपाल ब्लकचेन कन्क्लेभ २०२३ हाललाई स्थगित भएको छ ।

नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण भाद्र ३१ गते हुने गरी तयारी गरिएको थियाे ।

तर, अप्रत्याशित परिस्थितिका कारण क्यान महासंघका पदाधिकारीको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि स्थगित गरिएको महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?