गल्फ क्रिकेट टी-२० च्याम्पियनसिपमा यूएई विजयी

लोकपथ
299
Shares

काठमाडौं । यूएईले गल्फ क्रिकेट टी–२० च्याम्पियनसिपमा विजयी हासिल गरेको छ । कतारमा जारी प्रतियोगितामा यूएईले ओमानलाई २२ रनले पराजित गरेको हो ।

शनिबार राति दोहामा भएको खेलमा १९२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ९० रन बनाए पनि यूएई विरुद्ध जित हासिल गर्न सकेन । प्रतियोगितामा कतार, कुवेत, साउदी अरेबिया, बहराइन, ओमान र यूएई सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?