१३ आश्विन २०८०, शनिवार

जापान कराते डो गोजुरियो केबुकाई संघद्वारा खेलाडीलाई सम्मान

२०८०,भाद्र,३१,आईतवार १३:०७

1.431k
Shares

काठमाडौं । जापान कराते डो गोजुरियो केबुकाई संघ नेपालले खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार संघले एक औपचारिक कार्यक्रममको आयोजना गर्दै ग्रेडिङ (बेल्ट टेप्ट) तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगिता २०२३ अगालको २५, २६, २७ गते भएको प्रतियोगितामा स्वर्ण, रजत जित्ने खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा गंगा चौधरी, विशेष अतिथीका रुपमा भोजराज काफ्ले, कपिल न्यौपाने, लोकेन्द्र योगी, लक्ष्मण चौलागाई, भोलानाथ गौतमको सहभागीता रहेको थियो ।

त्यस्तै कार्यक्रममा संघका अध्यक्ष दिपक कुमार राउत क्षेत्री, उपाध्यक्ष राम विष्ट, महासचिव रविन पोखरेल, कोषाध्यक्ष हरीहर मैनाली, सदस्य बिन्दु खत्री घिमिरे प्रमुख प्रशिक्षक विवश घिमिरे र प्रमुख सल्लाहाकार इश्वर लामाको उपस्थिती रहेको थियो ।

त्यस्तै, कार्यक्रमकाबीच गितकार भोजराज काफ्ले र खेलाडी सपना गोपालीको सहकार्यमा बनेको गित ‘कसरी कसरी माया बस्यो बेसरी’ पनि सार्वजनिक गरिएको छ । खेलाडी भाइबहिनिहरुले खेलको माध्यमबाट देशलाई विभिन्न पदक दिलाउनु गर्वको विषय भएको र आफूसँगको सहकार्यमा सपना गोपालीले गाएको गितले कलाा र खेल क्षेत्रलाई जोडेको गितकार काफ्लेको भनाई थियो ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र

काठमाडौं । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत शनिबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०