१३ आश्विन २०८०, शनिवार

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

२०८०,भाद्र,३१,आईतवार १०:४४

324
Shares

काठमाडौं । ब्राजिलको अमेजोनास राज्यमा शनिबार विमान दुर्घटना भएको छ । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको विमान अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा दुर्घटना भएको हो ।

शनिबार भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको हो । मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ

एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।

खराब मौसमका कारण विमान दुर्घटना भएको हो । विमान अवतरण गर्न खोज्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै

काठमाडौं । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०