१३ मङ्सिर २०८०, बुधबार

नुवाकोटमा लोकतान्त्रिक गठबन्धनको विजयलाई कसैले रोक्न सक्दैन ः नेता केसी

२०७४,कार्तिक,९,बिहीवार १४:२४

0
Shares

काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेस जस्तोसुकै गठबन्धनको सामना गर्न तयार रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका स्तरिय कार्यकर्ता भेलालाई संबोधन गर्दै नेता केसीले उक्त धारणा राख्नु भएको हो । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहनुभएको नेता केसीले प्रदेश र प्रतिनिधीसभा नुवाकोटको सबै सिटमा लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्ने दाबी गर्नुभयो कार्यक्रममा धारणा राख्दै नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा नुवाकोट क्षेत्र नम्बर २ (क) बाट उम्मेद्वार जगदिश्वर नरसिंह कसिले ०७० सालको संविधानसभा निर्वाचनमा झै नुवाकोटलाई लोकतान्त्रिक गठबन्धन किल्ला बनाउने उद्घोष गर्नुभयो । एक फरक प्रसंगमा सभापति केसीले लोकतन्त्रको रक्षाको लागी सबै किसिमको तिक्ततालाई विर्सदै सबै क्षेत्र जिलाउनको निम्ति अभियानमा होमिन कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाले भन्नुभयो “दुबै प्रतिनिधीसभा सदस्य र चारवटा प्रदेश सदस्य नै यसपल्ट लोकतान्त्रिक गठबन्धनले जित्नैपर्छ , एउटा हारेपनि कांग्रेस अपुरो हुन्छ ” उनले थपे “लोकतन्त्रको रक्षा र नुवाकोटलाई प्रदेश नम्बर ३ को प्रदेशिक राजधानीको लागी पहल गर्नपनि कांग्रेसको जितको विकल्प छैन ।”कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) जिल्ला नेतृत्व साथै नुवाकोटका दिवंगत नेता जितसिंग खड्काकी धर्मपत्नि लगायतले लोकतान्त्रिक गठबन्धनको उम्मेदुवारलाई समर्थन गरेको भन्दै जिताउनको लागी सबैका अपिल पनि गरेका थिए । यो भेलासँगै नुवाकोट कांग्रेसले चुनाबी अभियानलाई जिल्ला केन्द्रित बनाउने बताएको छ

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १४:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८