भरतमोहन अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । 

आइतवार बिहान पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेताका अध्यक्षद्वय ओली र प्रचण्डले दिवंगत अधिकारीको पार्थिव शरीरमा पार्टीका झण्डा ओढाएका हुुन् । 

यसैगरी अधिकारीको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो । 

अधिकारीको पार्थिव शरीरलाई आइतवार मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

अधिकारीको शनिवार राति ८२ वर्षको उमेरमा शनिवार राति निधन भएको थियो । 

अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको शनिवार राति ८२ वर्षको उमेरमा शनिवार राति निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । 

यसैगरी आजै विहान बसेको नेकपा सचिवालय बैठकले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा रोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

साथै यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र पर्यटन मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णय समेत भएको नेकपाले गरेको छ । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत बुधवार (फागुन १५ गते) ताप्लेजुङमा हेलिकप्टर दुर्घटना परी निधन भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?