हामी व्यक्ति र पार्टी बनाउन होइन्, मुलुक परिवर्तन गर्न हिँडेका हौँ : सभापति लामिछाने

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा बोल्दै उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

उनले आफू व्यक्ति र पार्टी बनाउन नभइ, मुलुकमा परिवर्तन गर्न हिँडेको बताए । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको भनाइ छ ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान् व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए ।

उनले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?