१३ आश्विन २०८०, शनिवार

प्रशान्त शर्माको ‘ईरा’ सार्वजनिक

२०८०,भाद्र,३०,शनिवार १६:१६

27
Shares

काठमाडौं । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ सार्वजनिक गरिएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामुहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताईन् ।
उनले समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्व बुझ्न नसक्नाले शर्माको पुस्तकको पात्र जस्तै बन्न पुगेको भन्दै उपन्यास समाजको वास्तविक ऐनाको रुपमा प्रस्तुत भएको बताईन् ।

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो लेखक शर्मा पछिल्लो पुस्ताका अब्बल लेखकको रुपमा उदाएको बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा लेखक शर्माले चित्रण गरेको यथार्थ नै पुस्तकको सबल पक्ष भएको बताईन् ।

कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए ।

उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन भने, वि एन पुस्तकले बजार व्यवस्थापकको जिम्मा लिएको छ । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० तोकिएको छ । शर्माले पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा ल्याएका थिए ।

प्रकाशित मिति: २०८०,भाद्र,३०,शनिवार १६:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा

काठमाडौं । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको

काठमाडौं । प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेका छन् । असोज १३ गते शनिबार प्रिभे नेपाल

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।केही दिन अघि मुस्ताङ

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०