१३ आश्विन २०८०, शनिवार

उत्तर प्रदेशमा सडक दुर्घटना : ७ जनाको मृत्यु

२०८०,भाद्र,३०,शनिवार १३:३३

54
Shares

काठमाडौं। उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा आजै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् । आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट

आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन् भने ट्रक चालक बिहारको छपराका निवासी हुन् ।

प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

मुठभेडमा एक आतङ्कवादीको मृत्यु

यसैबीच, भारत प्रशासित जम्मु– कश्मीरको बारामुल्ला जिल्लाको उरीमा शनिबार बिहान सुरक्षाफौज र आतङ्कवादीबीच भएको मुठभेडमा एक जना आतङ्कवादी मारिएको छ । भारतीय सेनाले जम्मु –कश्मीर प्रहरीका साथ अनन्तनाग जिल्लाको कोकरनाग क्षेत्रको गडोल वन क्षेत्रमा विगत चार दिनदेखि सुरक्षा कारबाही गरिरहेको जनाएको छ ।

अनन्तनाग ‘अपरेशन’का क्रमा बिहीबारदेखि बेपत्ता भएका एक जना सिपाहीको शव शुक्रबार फेला परेको तथा अर्को एक जनाले देशका लागि प्राण उत्सर्ग गरेको सेनाले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

एजेन्सी

प्रकाशित मिति: २०८०,भाद्र,३०,शनिवार १३:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै

काठमाडौं । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०