नेम्वाङको मृत्युले पार्टीका साथै राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको मृत्युले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन् ।

आज ललितपुरस्थित पार्टी कार्यालयमा भएको सुवासचन्द्र नेम्वाङको शोकसभालाई सम्बोधन गर्दै उनले आजको नेम्वाङ मुलुकलाई अपरीहार्य व्यक्तिका रुपमा रहेको भन्दै उनको मृत्यु राष्ट्रिय राजनीतिका सन्दर्भमा ठूलो क्षति भएको बताए ।

उनले भने, ‘आजको राष्ट्रिय राजनीतिका सन्दर्भमा नेम्वाङ मुलुकलाई अपरिहार्य रहेको व्यक्तिका रुपमा रहनु भएको थियो, त्यो क्षति पार्टीको साथै राष्ट्रले पनि भोग्नु परेको छ । सांसदका हिसाबले पनि सुवासचन्द्र नेम्वाङ सबैभन्दा योग्य सांसदका रुपमा रहेका छन् । संसदीय मामिलाको सबैभन्दा बढि मर्म बुझेका व्यक्तिका रुपमा पनि उहाँलाई बुझिन्छ । नेताको साथै कानूनी सल्लाहाकारको रुपमा पनि भूमिका निर्वाह गर्नु भएको थियो ।’

आज नेम्वाङप्रति श्रद्धाका साथ अभिव्यक्ति दिनेहरुले नेम्वाङले राष्ट्रिय हित र एकताका बारेमा व्यक्त गरेका विचारहरुको सम्मान गर्न सकेको भए सहि अर्थमा सुवासचन्द्र नेम्वाङप्रतिको श्रद्धा र सम्मान हुने उनको भनाइ छ ।

उनले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा प्रस्तुत गनुपर्ने आवश्यकता भएको अवस्थामा पार्टीले ठूलो क्षति भोग्नु परेको बताए ।

उनले भने, ‘उहाँले नेपाली समाजलाई अनुशासित र मर्यादित समाजका रुपमा अगाडि बढाउन प्रेरित गर्ने व्यक्तिका रुपमा लिन सक्छौं । अब नेपालमा धेरै राजनीतिक दल होईन, बलिया राजनीतिक दलहरुको आवश्यकता छ । एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा प्रस्तुत गनुपर्ने आवश्यकता छ । यस्तो समयमा सुवासचन्द्र नेम्वाङको मृत्यु पार्टीका लागि ठूलो क्षति हो ।’

उनले कोशीको नामाकरण विषय निकाल्दै नामाकरणको अवस्थामा सबैको साथ र सहयोग भए पनि अहिले सबैतर्फबाट एमालेमाथि प्रहार भईरहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कोशीको नामाकरण गर्ने विषयमा प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दुवैसँग छलफल गर्ने क्रममा साथ दिए पनि अलिह सबैले एमालेलाई नै प्रहार गर्ने काम गरिरहेको छ । कोशि नामाकरण गर्ने समयमा सबैजना पक्षमा उभिएको थिए तर अहिले एमालेलाई मात्रै प्रहार भईरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?