साताको सेयर बजार : नेप्से दुई हजार अंकमा पुग्दा पाँच अर्ब २२ करोडको कारोबार

लोकपथ
42
Shares

काठमाडौं । यो साता सेयर बजार बिगतका साताहरुको तुलनामा केही सुखद देखिएको छ । साताको सुरुवाती कारोबार दिन देखिनै बढन् थालेको नेप्सेले अन्तिम कारोबार दिनसम्म निरन्तरता पाएको थियो ।

यो साता अन्तिम कारोबार दिन सार्वजनिक बिदा परेकाकारण चौंथो दिनलाई अन्तिम कारोबार दिन मानिएको छ । जसअन्र्तगत पहिलो, दोस्रो र चौंथो दिन लगातार उकालो लागेको नेप्से तेस्रो दिन घटेको थियो । सोही कारण यो साता नेप्से दुई हजार सात दशमलव शुन्य छ अंकमा कायम रहन सफल भयो भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स तीन सय ८६ दशमलव ८१ अंकमा कायम रहन सफल भयो । यसअघिका साताहरुमा भने नेप्से लगातार १९ सय बिन्दुको आसपासमा रहेको थियो ।

धितोपत्र बजारमा यो साता दुुई सय ७८ वटा कम्पनीहरुको एक लाख ३३ हजार दुई सय १० पटकको कारोबारमा एक करोड ८१ लाख १७ हजार आठ सय १३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम पाँच अर्ब २२ करोड ११ लाख ३५ हजार दुई सय ३७ रुपैंयाँ कायम रहेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । गत साता भने यस्तो कारोबार रकम चार अर्ब २३ करोड ३४ लाख ४९ हजार एक सय २३ रुपैंयाँमा सिमित रहेको थियो । उक्त साता दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख २६ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड ३७ लाख ३५ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता चार कार्य दिन मात्र नेप्से खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौंथो दिन बढेको नेप्से तेस्रो दिन घटेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । जसमध्ये पहिलो दिन १० दशमलव २३ अंकले बढेर १९ सय ४२ दशमलव ८८ अंकमा पुगेको नेप्से दोस्रो दिन ४४ दशमलव ३० अंकले बढेर १९ सय ८६ दशमलव ९९ अंकमा कायम रहन सफल भएको थियो । तेस्रो दिन १९ दशमलव ४२ अंकले घटेर १९ सय ६७ दशमलव ५७ अंकमा झरेको नेप्से चौंथो दिन पुन ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव शुन्य छ अंकमा कायम रहन पुगेको थियो ।

यसैगरी पहिलो दिन दुई दशमलव ३२ अंकले बढेर तीन सय ७३ दशमलव ९० पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन सात दशमलव ७३ अंकले बढेर तीन सय ८१ दशमलव ६४ अंकमा कायम रहन सफल भएको थियो । तेस्रो दिन भने दुई दशमलव ५० अंकले घटेर तीन सय ७९ दशमलव १४ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन सात दशमलव ६६ अंकले बढेर तीन सय ८६ दशमलव ८१ अंकमा कायम हुन पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?