काठमाडौं– नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएको छ ।
धुम्बाराहीस्थित उनी उपचाररत हेम्स अस्पतालले अधिकारीको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको पुष्टि गरेको छ ।
अस्पतालका अध्यक्ष आरएस भण्डारीले अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको जानकारी दिए ।
फोक्सो र मुटु सम्बन्धी समस्याबाट पीडित अधिकारी तीन सातादेखि सो अस्पतालमा उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया